माओवादीले टुङ्ग्यायो नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी? - Chaitanya News
  • 2026-07-11
  • 00:38:40
  • शुक्रबार,आषाढ २६, २०८३
  • माओवादीले टुङ्ग्यायो नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी?

    माओवादीले टुङ्ग्यायो नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी?

    काठमाडौँ– माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन गरेको छ। आज (बुधबार) बसेको स्थायी समिति बैठकले नेताहरूको कार्यविभाजन गरेको हो। जसअनुसार कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज भएका छन्। केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले सह इन्चार्ज भएका छन्।

    मधेशमा सचिव लीलामणि पोखरेल इन्चार्ज र सह इन्चार्ज विश्वानाथ साह, बागमती प्रदेशमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा इन्चार्ज र सह इन्चार्ज चुन्न बाँकी रहेको छ। गण्डकीमा सचिव दीनानाथ शर्मा इन्चार्ज र केन्द्रीय सदस्य हरिराज अधिकारी सह इन्चार्ज, लुम्बिनीमा सचिव चक्रपाणि खनाल इन्चार्ज, स्थायी समिति सदस्य कुलप्रसाद केसी सह इन्चार्ज, कर्णालीमा स्थायी समिति सदस्य कालीप्रसाद मल्ल इन्चार्जको जिम्मेवारी दिइएको छ भने सह इन्चार्ज चुन्न बाँकी रहेको छ।

    सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज र केन्द्रीय सदस्य बिना मगर सह इन्चार्ज बनाइएको छ। यस्तै प्रवासतर्फ मध्यपूर्वमा इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल , भारतमा केन्द्रीय सदस्य लक्ष्मण पन्त, युरोप अमेरिकामा सचिव सुरेन्द्रकुमार कार्की रहेका छन्। विशेष प्रदेश समितिमा सचिव हितमान शाक्य रहेका छन्। सह इन्चार्ज स्थायी समिति सदस्य यशोदा सुवेदी रहेकी छिन्।