उपनिर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक - Chaitanya News
  • 2026-07-11
  • 00:38:03
  • शुक्रबार,आषाढ २६, २०८३
  • उपनिर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक

    उपनिर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक

    काठमाडौँ– आज (बुधबार) देखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दैछ। वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका लागि आगामी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले तयारी गरेको हो।

    आयोगको कार्यतालिकाअनुसार फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ। यसैगरी चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।

    चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ। चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गरिनेछ। चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ।