माओवादी बैठक: को–को बन्दैछन् इन्चार्ज? - Chaitanya News
  • 2026-07-11
  • 00:39:06
  • शुक्रबार,आषाढ २६, २०८३
  • माओवादी बैठक: को–को बन्दैछन् इन्चार्ज?

    माओवादी बैठक: को–को बन्दैछन् इन्चार्ज?

    काठमाडौँ– नेकपा माओवादी केन्द्रमा विभिन्न प्रदेश र कमिटीहरूको कार्यविभाजन गर्ने विषयमा सहमति नजिक पुगेको छ। आज (मंगलबार) बसेको बैठकमा जनप्रतिनिधिहरूले स्थानीय पालिका, प्रदेश सांसदहरूले प्रदेश तथा संघीय सांसदहरू सभा तथा ऐन कानुन निर्माणमा बढी केन्द्रित हुने गरी कार्यविभाजन गर्ने विषयमा सहमति नजिक पुगेको हो।

    यसअनुसार कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल, मधेस प्रदेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कलिबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम प्रस्तावित गरिएको छ।

    त्यस्तै, विशेष प्रदेशमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा देव गुरुङ, प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीको नाम प्रस्तावित गरिएको छ। सम्भवतः यिनै नामहरूमा भोलि सहमति जुट्ने स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकार दिए।