शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक - Chaitanya News
  • 2026-09-18
  • 00:20:24
  • बिहिबार,आश्विन ०१, २०८३
  • शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक

    शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक

    काठमाडौँ– शाखा अधिकृत पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    लोक सेवा आयोगले मङ्गलवार माघ २७ गते लिएको पहिलो चरणको परीक्षामा सहभागी भएका २१ हजार २७ जनामध्ये ९ हजार २९३ जना दोस्रो का लागि छनौट भएका छन्।

    द्वितीय चरणको परीक्षाका लागि छनौट भएका परीक्षार्थीले साविककै प्रवेश पत्रबाट आयोगको धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयबाट तोक्ने परीक्षा केन्द्रमा मात्र सहभागी हुने आयोगले जनाएको छ।