उपसचिवको बढुवा सूचना तथा विज्ञापन रद्द - Chaitanya News
  • 2026-09-16
  • 23:30:40
  • बुधबार,भाद्र ३१, २०८३
  • उपसचिवको बढुवा सूचना तथा विज्ञापन रद्द

    उपसचिवको बढुवा सूचना तथा विज्ञापन रद्द

    काठमाडौँ– लोक सेवा आयोगले उपसचिव पदको बढुवा सूचना तथा विज्ञापन रद्द गरेको छ।

    आयोगले नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदको बढुवा सूचना तथा विज्ञापन रद्द गरेको हो।

    सर्वोच्च अदालतबाट भएको उत्प्रेषणको आदेश कार्यान्वयनका लागि आयोगको मिति २०८०–११–१० को निर्णयाअनुशार आयोगबाट मिति २०८०–०६–०५ मा प्रकाशित बढुवा सूचना तथा विज्ञापन रद्द गरेको आयोगले जनाएको छ।