अध्यागमन विधेयक राष्ट्रिय सभाबाट फिर्ता - Chaitanya News
  • 2026-07-11
  • 00:39:05
  • शुक्रबार,आषाढ २६, २०८३
  • अध्यागमन विधेयक राष्ट्रिय सभाबाट फिर्ता

    अध्यागमन विधेयक राष्ट्रिय सभाबाट फिर्ता

    काठमाडौँ– राष्ट्रिय सभामा विचाराधीन अध्यागमन विधेयक फिर्ता भएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले पेस गरेको ‘अध्यागमन विधेयक २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत भएसँगै विधेयक फिर्ता भएको हो।

    उनले जतिसक्दो चाँडो अर्को विधेयक ल्याउने भएकाले अध्यागमन विधेयक २०७६ फिर्ता लिइएको बताए।

    उनले भने, ‘अध्यागमन विधेयक २०७६ अघिल्लो सरकारले प्रस्तुत गरी यससम्बन्धी ऐनका लागि पेश गरेको थियो। तत्कालका लागि वर्तमान सरकारले यसलाई फिर्ता गर्ने निर्णय गरेको छ। पछिल्लो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा आएका फेरबदल, राष्ट्रिय सुरक्षामा सजक हुनुपर्ने परिस्थिति, अध्यागमनलाई अझ बढी व्यवस्थित र आधुनिक बनाउनुपर्नेलगायत कारणले सरकारले यसलाई फिर्ता लिने निर्णय गरेको हो।’