वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक - Chaitanya News
  • 2026-07-11
  • 00:38:42
  • शुक्रबार,आषाढ २६, २०८३
  • वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

    वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

    काठमाडौँ– निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

    इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ।

    त्यसको लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको उपसचिव एवं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए।

    निर्वाचन कार्यतालिका अनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

    सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिने आयोगले जनाएको छ।

    सोमबार स्वीकृत कार्यतालिका अनुसार चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।

    निर्वाचन कार्यक्रमअनुसार चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ।

    साथै चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ। ०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ।