चार दलीय समाजवादी मोर्चाले चैत ३ काठमाडौँमा अन्तर्क्रिया गर्ने - Chaitanya News
  • 2026-07-11
  • 00:38:04
  • शुक्रबार,आषाढ २६, २०८३
  • चार दलीय समाजवादी मोर्चाले चैत ३ काठमाडौँमा अन्तर्क्रिया गर्ने

    चार दलीय समाजवादी मोर्चाले चैत ३ काठमाडौँमा अन्तर्क्रिया गर्ने

    काठमाडौँ– चार दलीय समाजवादी मोर्चाले चैत ३ गते काठमाडौँमा अन्तर्क्रिया गर्ने निर्णय गरेको छ।

    आज (सोमबार) नेपाल कम्युनिस्ट पार्टीको कार्यालय बुद्ध नगरमा बसेको मोर्चाको सचिवालय बैठकले चार वटै दलको शीर्ष नेताको उपस्थितिमा अन्तर्क्रिया गर्ने निर्णय गरेको हो।

    अन्तर्क्रिया कार्यक्रम बौद्धिक वर्ग, नागरिक समाज लगायत सबै पक्षलाई बोलाउने निर्णय भएको सदस्य देव गुरुङले जानकारी दिए।

    शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले वामपन्थी शक्तिहरूलाई मोर्चामा आबद्ध गराउन लचिलो बन्ने, देशव्यापी भित्ते लेखन, ब्यानर प्रचार गर्ने, काठमाडौँसहित सातै प्रदेशका मुख्य सहरमा अन्तर्क्रिया कार्यक्रम गर्ने सहमति भएको थियो।