बैतडीमा मतपेटिका पुर्‍याएर फर्कदै गरेको प्रहरी सवार जिप दुर्घटना, तीन जनाको मृत्यु - Chaitanya News
  • 2026-04-22
  • 06:08:09
  • बुधबार,बैशाख ०९, २०८३
  • बैतडीमा मतपेटिका पुर्‍याएर फर्कदै गरेको प्रहरी सवार जिप दुर्घटना, तीन जनाको मृत्यु

    बैतडीमा मतपेटिका पुर्‍याएर फर्कदै गरेको  प्रहरी सवार जिप दुर्घटना, तीन जनाको मृत्यु

    काठमाडौ – बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो।

    मतपेटिका पुर्‍याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हुँदा तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

    जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ। रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।