रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाइनेछ - Chaitanya News
  • 2026-07-11
  • 00:38:05
  • शुक्रबार,आषाढ २६, २०८३
  • रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाइनेछ

    रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाइनेछ

    काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाउने बताएका छन्।

    आज (सोमवार) प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सभामा प्रश्तुत गर्दै महतले किसानहरूलाई सहुलियतपूर्ण कर्जा, उन्नत प्रविधि तथा तालिम, सिँचाइ सुविधा, मल, बीउको उपलब्धता, सुनिश्चित गरी कृषि उपजको उत्पादकत्व वृद्धि गरिने समेत बताए। उनले प्राकृतिक र प्राङगारिक मलमा आधारित खेतीलाई प्रोत्साहन गरिने बताए।

    अर्थमन्त्री महतले भने,‘रासायनिक मलको दिगो आपूर्ति व्यवस्था मिलाइनेछ। मुलुकमा नै रासायनिक मलको कारखाना खोल्ने प्रक्रियालाई अगाडि बढाइनेछ। प्राकृतिक र प्राङ्गारिक मलमा आधारित खेतीलाई प्रोत्साहन गरिनेछ। पहाडका टार र तपाई मधेसमा थप क्षेत्रमा सिँचाइ सुविधा बिस्तार गर्न जोड दिइनेछ। सहुलियतपूर्ण कर्जा उन्नत प्रविधि, तथा तालिम, सिँचाई सुविधा, मल, बीउको उपलब्धता, सुनिश्चित गरी कृषि उपजको उत्पादकत्व वृद्धि गरिनेछ।

    अर्थमन्त्री महतले पहाडका टार र तपाई मधेसमा थप क्षेत्रमा सिँचाइ सुविधा बिस्तार गर्न जोड दिइने बताए।