काठमाडौँ– सत्तारुढ दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। यस्तै उनले समितिले बुझाएको प्रतिवेदन पुतलीको खेलजस्तो नाटक मञ्चन भइरहेको आशंका समेत गरेका छन्।
उनले भने, ‘नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार काण्डको रूपमा चर्चित रहेको एनसेल छानबिन समितिको प्रतिवेदन प्रस्तुत भइसकेको छ। यो प्रतिवेदनलाई पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम नहोस्। त्यसको वास्तविकता जनताले थाहा पाउनुपर्छ। यो खर्बौंको भ्रष्टाचार यथार्थमा संसदमार्फत् जनतामा पुग्नुपर्छ। संसदमा सामूहिक रूपमा छलफल गर्नुपर्छ।