1.सन् १९९७ मा शनि ग्रहको अध्ययनको लागि अमेरिकाले पठाएको अन्तरिक्ष यान कुन हो ?
A.क्यासिनी B.गलिलियो C.लुना – १० D.भेगा I
2.क्षेत्रफलका आधारमा ठूलो देखि साना महादेशहरुको क्रमशः मिलाउनुहोस् ।
A.उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, युरोप र अष्ट्रेलिया
B.उत्तर अमेरिका, अन्टार्कटिका, दक्षिण अमेरिका, युरोप र अष्ट्रेलिया
C.दक्षिण अमेरिका, उत्तर अमेरिका, अन्टार्कटिका, युरोप र अष्ट्रेलिया
D.उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, अष्ट्रेलिया र युरोप
3.ढोरपाटन शिकार आरक्ष कुन कुन जिल्लाको भाग मिलाएर बनेको छ ?
A. धनकुटा, बाग्लुङ, म्याग्दी B.रुकुम, बाग्लुङ, म्याग्दी
C. रुकुम, बाग्लुङ, धनकुटा D.रुकुम, धनकुटा , म्याग्दी
4. संवैधानिक अंगको प्रमुख कुन हुँदैन ?
A. लोकसेवा आयोगको अध्यक्ष B. महालेखा परिक्षक
C. महान्यायधिवक्ता D. समावेशी आयोगको अध्यक्ष
5. विश्वको सगरमाथा आरोहण गर्ने पासाङ ल्हामु कति औ महिला हुन ?
A. १५ औ B. १६ औ C. १७ औ D. १८ औ
6. नेपाल सँग सन् २०२३ डिसेम्बर ५ मा हवाई सम्झौता गर्ने ४१ औ मुलुक कुन हो ?
A. रोमनिया B. रुवाण्डा C. जर्मनी D. अष्ट्रलिया
7. नेपालको संविधान अनुसार संकटकाल घोषणा गर्ने अधिकार कसलाई रहेको हुन्छ ?
A. राष्ट्रपति B. उपराष्ट्रपति C. प्रधानमन्त्री D. मन्त्रिपरिषद
8. राष्ट्रिय जनगणना, २०७८ अनुसार तलका भनाई विचार गर्नुहोस् ।
१. ऋणात्मक जनसंख्या वृद्धिदर भएका गाउँपालिका संख्या २५० वटा रहेको छ।
२. महिला घरमूली भएको परिवार ३१.५५ प्रतिशत रहेको छ।
३. कम जनसंख्या भएको जाति नुराङ ३६ जना रण्हेका।
A. १ मात्र सहि B. २ मात्र सहि C. ३ मात्र सहि D. सबै सहि
9. सन् २०२३ मार्च ५ मा नियुक्त सार्क का पन्ध्रौ महासचिव गोलाम सरवार कुन देशका नागरिक हुन ?
A. बंगलादेश B. अफगानिस्तान C. श्रीलंका D. पाकिस्तान
10. सन् २०२३ मा विश्वको सबैभन्दा बढी स्मार्टफोन बेच्ने कम्पनी कुन हो ?
A, SAMSUNG B. Apple C. Oppo D. HUWAI
11. विश्व वातारण दिवस ,२०२३ को नारा निम्न मध्ये कुन हो ?
A. ”Ecosystem Restoration ”
B. ”Biodiversity ”
C. ”Beat Plastic Pollution ”
D. ”Beat Air Pollution”
12. हैजा रोगको कारक तत्व भिब्रियो कलेरा हो भनेर पत्ता लगाउने व्यक्ति को हुन ?
A. रबर्ट कक B. एडवार्ड जेनर C. थियोडर स्वान D. विलियम हार्वे
13.संयुक्त राष्ट्रसंघ (ग्ल्इ) को सदस्यता लिनुपुर्व नेपालले सदस्यता लिएको संस्थाहरुको बारेमा विचार गरी सही विकल्प छनौट गर्नुहोस् ।
1. WHO 2. UNSESCO 3.UPU 4. ILO 5. FAO
A. १,२ र ३ मात्र B. १,२ र ५ मात्र C. २,३ र ४ मात्र D.All of above
14. तलका दिइएका जोडा विचार गर्नुहोस् ।
१. भण्डारखाला तहविल – सरकारी बैंकको रुपमा काम गर्ने अड्डा
२. छेडवेल अड्डा – घर सत्तल आदि बनाउने
३. सराफ खाना – सटही सम्बन्धी काम गर्ने
A. १ मात्र सहि B. २ मात्र सहि C. ३ मात्र सहि D. सबै सहि
15. महावीर स्कुल काण्ड कहिले घटेको थियो ?
A. वि.स १९९३ B. वि.स १९९४ C. वि.स २०१८ D. वि.स १९२०
16.’Common Sense’ प्रसिद्ध पुस्तकका लेखक को हुन ?
A. भोल्तेयर B. थोमस पेन C. रुसो D. मन्टेस्क्यु
17.संघ, प्रदेश र स्थानीय तह वीचको अधिकारको बारेमा कुन ठीक छन ?
A. सुपुर्दगी सन्धी र पारस्परिक कानूनी सहायता – संघको एकल
B. खानी अन्वेषण र व्यवस्थापन – संघ र प्रदेशको साझा
C. कृषि सडक – ३ तहको साझा
D. सुकुम्वासी व्यवस्थापन – प्रदेशको एकल अधिकार
18. निम्न मध्ये मदन पुरस्कार नपाउने कृति कुन हो ?
A. खुसी B. ऐना C. करिया D. अलिखित
19.२९ औ एशियाली खेलकुद प्रतियोगिता, २०२३ मा सबैभन्दा धेरै पदक जित्ने राष्ट्र कुन हो ?
A. भारत B. जापान C. दक्षिण कोरिया D. चीन
20. दिइएको मध्ये संस्थापक सदस्य राष्ट्र बढी भएको संस्था कुन हो ?
A.SAARC B.BIMSTEC C. ASEAN D. EU
1. A 11. C
2. A 12. A
3. B 13. B
4. C 14. D
5. C 15. A
6. B 16. B
7. A 17. A
8. D 18. C
9. A 19. D
10. B 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100