विवादित मन्त्रीहरुबारे प्रधानमन्त्रीको जवाफ आजै चाहिन्छ - Chaitanya News
  • 2026-07-11
  • 00:38:40
  • शुक्रबार,आषाढ २६, २०८३
  • विवादित मन्त्रीहरुबारे प्रधानमन्त्रीको जवाफ आजै चाहिन्छ

    विवादित मन्त्रीहरुबारे प्रधानमन्त्रीको जवाफ आजै चाहिन्छ

    काठमाडौँ– नेकपा एमालेले विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले तत्काल जवाफ दिनुपर्ने बताएका्े छ।

    फागुन ६ गतेदेखि विषय उठाउँदै आउको भएता पनि सरकारले जवाफ नदिएको भन्दै एमालेले सोमबार प्रतिनिधि सभामा विरोध जनाएको छ।

    ‘प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ। कि उहाँहरूले राजीनामा दिनुपर्यो कि बर्खास्त गर्नुपर्‍यो,’ एमालेको तर्फबाट धारणा राख्दै सांसद गोकुल प्रसाद बास्कोटाले भने, ‘सुप्रिमोमाथि को छ?

    प्रधानमन्त्रीलाई सुप्रिमो भन्ने गरिएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीमाथि कोही छ कि भन्दै प्रश्न गरेका हुन्। विवादित मन्त्रीहरुको सम्बन्धमा उनले सभामुखलाई स्पष्ट रुलिङ गर्न समेत माग गरेका छन्।