काठमाडौँ– काँग्रेस सांसद रामहरि खतिवडाले सरकारी नियुक्तिहरू कामका आधारमा नभएर दामका आधारमा नियुक्त हुन लागेको बताएका छन्।
आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय मातहत सरकारी नियुक्ति, राजनीतिक नियुक्ति, विमान खरिद र होटेललाई तारे अनुमति दिने क्रममा अनियमितता भइरहेको भन्दै खतिवडाले आपत्ति जनाएका हुन्।
यस्तै उनले सरकारले सुशासनको नाममा लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामाजस्ता विवादित व्यक्तिलाई नियुक्त गरिएको भन्दै सां आपत्ति समेत जनाए।
‘सरकारले सुशासनको नाममा ल्हारक्याल लामाजस्ता मान्छेलाई नियुक्ति गरिएको छ लुम्बिनी विकास कोषमा गौतम बुद्ध शान्तिका दूत शान्तिका दूतको नाउँमा लकरमा गोली राख्ने व्यक्तिलाई नियुक्त गरेपछि देशको हालत के होला? उनले भने, ‘मन्त्रीहरूले व्यक्तिगत इन्ट्रेस्टमा नियुक्त गर्न थालेपछि देशको हालत कहाँ जाने हो? कामका आधारमा होइन दामका आधारमा नियुक्त हुन थाल्यो।
सांसद खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति विकास कोष, लुम्बिनी विकास कोष, नेपाल एयरलाइन्समा भएका नियुक्ति विवादित रहेको भन्दै आपत्ति जनाएका हुन्।