पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्ने दायित्व काँग्रेसको हो : सिटौला - Chaitanya News
  • 2026-07-11
  • 02:05:03
  • शुक्रबार,आषाढ २६, २०८३
  • पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्ने दायित्व काँग्रेसको हो : सिटौला

    पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्ने दायित्व काँग्रेसको हो : सिटौला

    काठमाडौँ– नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्ने दायित्व काँग्रेसको भएको बताएका छन्।

    आज (आइतबार) गरेको कार्यक्रममा राष्ट्रिय सभा सदस्यसमेत रहेका सिटौलाले राष्ट्रहितको बाटो देखाउने दायित्व पनि काँग्रेसकै काँधमा रहेको बताए।

    ‘अरु पार्टीको भन्दा काँग्रेसको अलि बढी दायित्व छ। शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्दै लिएर हिँड्ने नेतृत्वदायी दायित्व पनि काँग्रेसको काँधमा छ,’ उनले भने, ‘अन्य पार्टीहरूलाई राष्ट्रहितको पथप्रदर्शन गर्ने, बाटो देखाउने दायित्व पनि काँग्रेसकै काँधमा छ। त्यसैले हामीले सबैलाई मिलाएर सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु पनि छ।’