काठमाडौँ– माओवादी सांसद माधव सापकोटाले वर्तमान व्यवस्था र संविधानको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। आज आइतबार) प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले त्यस्तो धारणा राखेका हुन्। यस्तै उनी राप्रपाविरुद्ध खनिएका छन्।
‘यही संविधानले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद भएर लोगो लगाएर सारा सेवा सुविधा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने प्रदेशतिर गएर सभामुख पनि लिइहाल्ने फेरि यो संविधानलाई विरोध गर्ने’, उनले भने, ‘यो संविधान र यो व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्र हुन सक्दैन ’
पकोटाले संसद्को लोगो लगाएर सेवा सुविधा लिने र व्यवस्थाको विरोध गर्ने भन्दै त्यो नैतिकपूर्ण नरहेको टिप्पणी गरेका थिए। संसद्मा संविधानविरुद्ध आवाज उठ्न थालेको भन्दै त्यसमा ध्यान दिनुपर्ने उनले बताए।