काठमाडौँ– सत्तारूढ नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नयाँ जहाज खरिदमा कमिसनको खेल सुरु भएको बताएका छन्।
आज (आइतबार) संसदको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले नेपाल एयरलाइन्स दिनदिनै कमजोर बन्दै गइरहेको अवस्थामा भएको विमान चलाउनुको सट्टा कमिसनका लागि नयाँ खरिदको चलखेलमा पर्यटन मन्त्री लागेको आरोप समेत लगाए।
सांसद खतिवडाले विश्वका अरू देशमा फ्रेजआउट भएको क्यानडामा उत्पादन भएको पुरानो प्रविधिको विमान किन्न पर्यटनमन्त्री सुदिन किराती लागि रहेको दाबी गरे।
उनले भने, ‘नेपाल एयरलाइन्स अहिलेकै अवस्थामा फेरि जहाज खोज्दैछ। एयरलाइन्सकै अध्ययन समितिले क्यानडाको किन्न सकिँदैन भन्ने सिफारिस गरेको छ। तर खरिदका लागि टेण्डर आह्वान भएको छ। यो सब १८ करोड कमिसन खानका लागि गरिँदैछ।’