काठमाडौँ– राप्रपाकी सांसद बिणा जैसवलालले पछिल्लो समय मधेशका जिल्लाहरूमा हिन्दू देवी देवताको पूजाआजा र धार्मिक विसर्जनका क्रममा द्वन्द्व सिर्जना गर्न थालिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
आज (आइतबार) प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सो कुरा राखेकी हुन्। यस्तै उनले मधेशमा पछिल्लो समय बहुसङ्ख्यक हिन्दू समुदायले आफ्ना चाडपर्व मनाउने क्रममा हिंसा भड्काउन खोजिएको समेत बताइन्।
जैसवालले भनिन्, ‘जनताको अभिमतबिना देशलाई धर्मनिरपेक्ष बनाइएपछि धार्मिक द्वन्द्वमा फस्दै गएको छ। मधेशमा हरेक पटक हिन्दू धार्मिक चाडपर्वमा द्वन्द्व र विवाद सिर्जना गर्न खोजिएको छ। के धर्मनिरपेक्ष भनेको बहुसङ्ख्यक हिन्दुले हेपिएर,दबिएर र डराएर बस्नुपर्ने व्यवस्था हो?
सांसद जैसवालले सनातन हिन्दूराज्य स्थापना हुनुपर्ने माग गरिन्।