तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 11:24:59
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज धर्म, कर्ममा रुचि बढ्ने र शुभ समाचार सुन्न पाइएला । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    लामो समयदेखि रोकिएका अधुरा कामहरूको पुन योजना बन्ने छ । रमाइलो र खानपिनको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ । सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लाभदायक भेटघाटलाई नकार्न सकिदैन । नोकरी गर्नेले मानसम्मान पनि पाउने छन् ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज शुभकार्यको चर्चा चल्ने छ । बन्द, व्यापार र पेसा, व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ । मनमा शान्ति पनि छाउने छ ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । विचार पु¥याएर निर्णय लिनु राम्रो होला ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज रोकिएका कमहरूले चिन्ता बढाउने छ । पठनपाठन र चिन्तन मननमा ध्यान केन्द्रित नहुन सक्छ । न्यायिक कार्य पनि कमजोर नै रहने छ ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ । परिवारजनको साथले नयाँ आशा पलाउने छ ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    आज सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्तसँग मनमुटाव बढ्ला । खानपिनमा सावधानी अपनाउनु पर्नेछ ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।