काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेका सचेतक महेश वर्तौलाले प्रधानमन्त्रीसँग विपक्षी दलले उठाएका प्रश्नहरुको जवाफ माग गरेका छन। आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा बोल्दैउनले संसदमा उठाएमा विषय र मुद्धालाई सम्बोधन गर्न माग गरे।
उनले भने– ‘हामीले सरकारसँग आग्रह गरेका छौँ, हामीले उठाएका यी ज्वलन्त विषयवस्तु र मुद्दाहरुलाई सम्बोधन गरियोस्। यदि सरकार प्रत्येक दिन संसदलाई छलेर भागिरहन्छ भने म विनम्रताका साथ आग्रह गर्न चाहन्छु, सरकार आज भाग्ला, ६ गतेदेखि भाग्दैछ, १० गते पनि भाग्यो, आज पनि भाग्यो, १३ गते भाग्ला, १४ गते भाग्ला, कति गतेसम्म भाग्दै जानुहोला, सम्माननीय प्रधानमन्त्रीज्यू, हामीसँग यति तागत छ कि नाकमा नत्थी लगाएर संसदमा ल्याउनुपर्ने परिस्थितिमा प्रमुख प्रतिपक्षी र प्रतिपक्षीहरुलाई नपुर्याइयोस्।
उनले आगामी बैठकमा प्रधानमन्त्रीले उपयुक्त जवाफ दिनुपर्ने र मन्त्रीहरुलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफ आउनुपर्ने बताए।