सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र हप्ताभित्र टुङ्गोमा पुर्‍याउन रमेश लेखकको आग्रह - Chaitanya News
  • 2026-07-11
  • 02:06:07
  • शुक्रबार,आषाढ २६, २०८३
  • सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र हप्ताभित्र टुङ्गोमा पुर्‍याउन रमेश लेखकको आग्रह

    सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र हप्ताभित्र टुङ्गोमा पुर्‍याउन रमेश लेखकको आग्रह

    काठमाडौँ– सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुङ्गोमा पुर्‍याउन आग्रह गरेका छन्। आज (शुक्रबार) संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिलाई उनले सो आग्रह गरेका हुन्।

    यस्तै उनले पीडित, नागरिक समाज र सञ्चारमाध्यमको दबाबलाई समेत ख्याल गरेर यो विधेयक फागुन १९ गते भित्र टुङ्गो लगाई सक्नुपर्ने प्रस्ताव समेत गरे।

    प्रमुख सचेतक लेखकले सो विधेयकमा १–२ विषय मात्रै सहमति हुन बाँकी रहेकाले एक पटक बैठकमा छलफल गरी टुङ्ग्याउने प्रयास गर्ने र नभए त्यसलाई संसद्को पूर्ण बैठकले टुङ्गो लगाउने गरी संसद्मा पठाउन ढिलाइ गर्न नहुने बताए।