योगेश भट्टराई ले भने: प्रधानमन्त्री प्रचण्डले तीन जना मन्त्रीका बारेमा जवाफ दिनुपर्छ - Chaitanya News
  • 2026-07-11
  • 03:37:36
  • शुक्रबार,आषाढ २६, २०८३
  • योगेश भट्टराई ले भने: प्रधानमन्त्री प्रचण्डले तीन जना मन्त्रीका बारेमा जवाफ दिनुपर्छ

    योगेश भट्टराई ले भने: प्रधानमन्त्री प्रचण्डले तीन जना मन्त्रीका बारेमा जवाफ दिनुपर्छ

    काठमाडौँ– नेकपा एमालेका सांसद योगेश भट्टराईले तीन जना मन्त्रीहरूको सन्दर्भमा प्रधानमन्त्रीले सदन चलेको समयमा जवाफ दिनुपर्ने बताएका छन्।

    आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तीन मन्त्रीको बारेमा प्रधानमन्त्रीको जवाफ दिनुपर्ने बताएका हुन्र यस्तै उनले ले तीन मन्त्रीको बारेमा प्रधानमन्त्रीको जवाफ माग्दा नदिन हो भने विरोधका कार्यक्रमहरू यथावत रहने समेत बताए।

    सदनमा विशेष समयको माग गर्दै उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, पर्यटनमन्त्री सुदन किराती र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको हो।

    उनले भने, ‘तीन जना मन्त्रीहरूको सन्दर्भमा प्रधानमन्त्रीले यसैबखत, अहिले नै, तुरुन्तै यही संसद चलिरहेको समयमा संसदमा आएर जानकारी दिनुपर्छ। प्रधानमन्त्रीले जवाफ दिनु भएनभने विरोध यथावत रहने कुरा पनि जानकारी गर्न चाहन्छु।’

    यस्तै उनले मिटरब्याजीहरुलाई ठग्ने अधिकांश अहिलेको गठबन्धनसँग नजिकका मान्छेहरू भएको दाबी पनि गरे। उनले भने, ‘अधिकांश स्थानमा मिटरब्याजीका रूपमा जनता ठगिएका छन्। ठगी गर्ने अधिकांश गठबन्धनसँग नजिकका मान्छेहरू छन्। म यो कुरा दाबीका साथ भन्छु। उनीहरूमाथि कुनै कारबाही हुँदैन। नाटक मात्रै हुन्छ। यसबारेमा सरकार गम्भीर हुनुपर्छ।’

    सदनमा बालकुमारी घटनाको बारेमा ध्यानाकर्षण गर्दै आएका छौ। त्यो दिन आन्दोलनको अवस्था हुँदा हुँदै पनि मन्त्री जी त्यही बाटोबाट भिडलाई भड्काउने हिसाबले जानु भयो, मन्त्रीसँग सुरक्षाकर्मीहरू सुरक्षा व्यवस्था हुन्छ उनीहरूले मन्त्री आउनुभन्दा अगाडि बाटोको माहोल बुझ्नु पर्ने थियो। सबै जानकारी हुँदा हुँदै पनि मन्त्री त्यही बाटो परिस्थितिलाई उत्तेजित गर्ने एउटा काम भएको थियो।

    प्रधानमन्त्रीले फागुन ६ गतेको घटनालाई हत्या भनेर भन्नु भएको छ। यदि त्यो हत्या हो भने त्यो कसले गर्‍यो त, त्यहाँ रहेका सुरक्षाकर्मीबाट भएको हो यसकारण यो घटनामा सिङ्गो सरकार जिम्मेवार छ। यसको साथै यो घटनाको छानबिन गर्नको लागि समिति होइन आयोग नै गठन भएको छ। आयोगले नै मन्त्री दोषि छ भनेर भनिसकेपछि त्यो मन्त्री फेरि पदमा बस्ने कुरा नैतिक हिसाबले हुँदै हुदैँन्।

    प्रधानमन्त्रीले प्रहरीको गोलीले युवाहरूको हत्या भएको हो भनेर भनिसकेपछि गृहमन्त्री यसको नैतिक जिम्मेवारी लिनु पर्छ कि पर्दैन। एउटा कुरा आयोगको प्रतिवेदन सदनमा टेबल हुनुपर्‍यो,छानबिनलाई निष्पक्ष रूपमा अगाडि बढाउनु पर्छ, आजको स्वास्थ्य मन्त्रीको राजीनामा चाहिन्छ।