गठबन्धन सरकारले राष्ट्रिय हितमा आघात पुर्‍याएको एमालेको निष्कर्ष (पूर्णपाठसहित) - Chaitanya News
  • 2026-07-11
  • 03:37:47
  • शुक्रबार,आषाढ २६, २०८३
  • गठबन्धन सरकारले राष्ट्रिय हितमा आघात पुर्‍याएको एमालेको निष्कर्ष (पूर्णपाठसहित)

    गठबन्धन सरकारले राष्ट्रिय हितमा आघात पुर्‍याएको एमालेको निष्कर्ष (पूर्णपाठसहित)

    काठमाडौँ– नेकपा एमालेले विभिन्न २२ वटा प्रस्ताव पारित गरेको छ। केन्द्रीय कमिटीको बैठकले गठबन्धन सरकार र गलत प्रवृत्तिका पात्रले राष्ट्रिय हितमा आघात पुर्‍याएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

    उनले भने, ‘मुलुक तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फँस्दै गएको छ। सञ्चारमन्त्री टेरामक्स खरिद प्रक्रियाको अनियमिततामा मुछिएका छन्। बालकुमारी घटना छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री निर्लज्जतापूर्वक झण्डा हल्लाएर हिँडिरहेका छन् । सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको छ।

    गठबन्धनमा आबद्ध भएकै कारण ललिता निवास काण्डका मुख्य निर्णयकर्ताहरूलाई उन्मुक्ति दिइएको उल्लेख गर्दै उनले सुन तस्करीमा मुछिएका आफ्नो पार्टीका नेतालाई सफाइ दिइएको आरोप लगाएका छन्।

    एमालेले प्रहरीद्वारा अन्धाधुन्ध बल प्रयोगका कारण ललितपुरको बालकुमारीमा दुई र सर्लाहीको बरहथवामा एक युवाको अनाहकमा ज्यान गएको छ। उक्त घटनाप्रति खेद व्यक्त गर्दै दोषीहरूलाई कारबाही गर्न, मृतकहरूका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन र नागरिकहरूको जीवनमा यसरी खेलबाड गर्दै नगर्न सरकारलाई चेतावनी दिएको छ।