काठमाडौँ– नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले एसपीहरूको काज सरुवा गरेको हो।
प्रहरी प्रवक्ता (डिआइजी) भीम ढकालका अनुसार एसपी श्यामसिंह चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनकुटा, विनोद सिलवाललाई सर्वोच्च अदालत सुरक्षा कार्यालय, विमल बस्नेत संसद्को मर्यादापालक प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा वीरेन्द्र शाहीलाई सरुवा गरिएको छ।
प्रहरी उपरीक्षक विमलराज कँडेललाई प्रहरी प्रधान कार्यालयस्थित कल्याण महाशाखा पठाएको छ भने बालनरसिंह राणालाई महिला बालबालिका निर्देशनालय र नान्तीराज गुरुङलाई ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको प्रवक्ता ढकालले बताए।