किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढाल्ने सक्ने लामिछानेको चेतावनी - Chaitanya News
  • 2026-07-11
  • 03:36:34
  • शुक्रबार,आषाढ २६, २०८३
  • किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढाल्ने सक्ने लामिछानेको चेतावनी

    किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढाल्ने सक्ने लामिछानेको चेतावनी

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले किसानले सरकार ढाल्न सक्ने ल्याकत राख्ने भएकाले किसानको मागलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन्।

    आज (बिहिबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्। यस्तै उनले दूध र मह किसानको समस्या समाधान गर्न माग समेत गरे।

    उनले भने, ‘मेरो निर्वाचन क्षेत्र र देशभरका दूध किसान र मह किसान आन्दोलनमा छन्, दूध पोखेका छन्। अर्कातिर विदेशबाट आउने पाउडर दूध र नक्कली महका कारण किसान मारमा छन् किसानको आन्दोलनलाई नजरअन्दाज ग¥यो भने किसानहरूले सरकार ढाल्ने क्षमता राख्छन्। होसियार रहनु होला।’

    उनले मिटरब्याजी पीडितसँग वार्ताको लागि सरकारसँग माग गरे।

    उनले भने, ‘२३ दिन लगाएर काठमाडौँ आएका छन्। सिंहदरबारले वार्ताका लागि ढोका खोलेस् नथुनोस्। मिटरब्याजको समस्या समाधान गर्‍यौँ भनेर छाती फुलाएको सरकारले कुन छाती राखेर वार्ता गर्छ।’

    भूमिहीन किसानहरूलाई चुनावी फण्डा नबनाउन र भरतपुरको फोहोर व्यवस्थाबारे भरतपुर ३ को नगर वनको विकल्प खोज्न समेत माग गरे।