सांसद भट्टराईले भने: विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन - Chaitanya News
  • 2026-07-11
  • 03:37:36
  • शुक्रबार,आषाढ २६, २०८३
  • सांसद भट्टराईले भने: विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन

    सांसद भट्टराईले भने: विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन

    काठमाडौँ– नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको बताएका छन्। आज (बिहीबार) बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको बताएका हुन्। यस्तै उनले प्रधानमन्त्रीज्युले स्वच्छ र स्वतन्त्र ढङ्गले उपकुलपति नियुक्ति गर्ने भने पनि अन्तिममा पारदर्शी बन्न नसकेको जिकिर समेत गरे।

    उनले अनुसन्धान, प्रस्तुतिमा कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राख्ने र अन्तर्वार्ता शिक्षामन्त्री र शिक्षा सचिवले लिने प्रक्रियाबाट योग्य व्यक्ति छनोट हुन नसक्ने बताए। उनले पार्टीभित्रका गुटका मानिसलाई उपकुलपति नियुक्ति गर्न लागिएको भन्दै उनले उपप्राध्यापकले उपकुलपतिको अन्तर्वार्ता लिने कुरा राम्रो नभएको बताए।

    उनले अहिलेको उपकुलपति नियुक्ति प्रक्रियाको भर्त्सनासमेत गरे। अहिलेको उपकुलपति नियुक्ति प्रक्रिया तत्काल बन्द गरी स्वतन्त्र र निष्पक्ष ढङ्गले उपकुलपति छनोट प्रक्रिया अघि बढाउन माग गरे।

    उनले पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको अवस्था पनि त्रिविको जस्तै रहेकाले सो बारेमा पनि विशेष ध्यान दिन आग्रह गरे।