दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१० को मावि पातुवनगाउँ मतदान केन्द्रको (ग)मा मतदान रोकिएको छ। क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर–१० को मावि पातुवनगाउँ केन्द्रको मतदानस्थल (ग) मा मतदान स्थगित भएको हो।
पहिलो पटक ५० वटा मतपत्रको बन्डल पठाउँदा नबिग्रिएको र दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै परेको मतदान अधिकृत पुष्पलता घर्तीले बताए।
४२ जनाले मत खसालिसकेपछि यसबारे थाहा पाएको हो। यस विषयमा थप छलफल भइरहेको घर्तीले जानकारी दिए।