काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुने भएको छ। बैठकमा प्रस्तुत चार वटा कार्य योजनामा आजबाट समूहगत छलफल हुने भएको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफलका लागि नौ वटा समूह बनाइएको जानकारी दिए। आज बिहान १० बजेबाट समूहगत छलफल सुरु हुने उनले बताए।
विभाग प्रमुख गौतमका अनुसार बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जन आधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन्। बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ।