एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-07-11
  • 05:06:18
  • शुक्रबार,आषाढ २६, २०८३
  • एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु, यस्ता छन् कार्यसूची

    एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु, यस्ता छन् कार्यसूची

    काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ। बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म बस्नेछ। बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए। उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन्। साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ।

    यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरू तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए।