काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनबारे छलफल सुरु गर्नुपर्ने बताएका छन्।
आज (सोमबार) ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले शासकीय स्वरूपमा मूलभूत विषयलाई प्रभाव नपार्ने गरी संविधान संशोधनबारे छलफल गर्नुपर्ने बताएका हुन्।
संविधान जारी भएको ८ वर्ष भइसकेको छ। संविधान कार्यान्वयनका क्रममा देखारेका समस्या, जटिलता वा अस्पष्टता समेतको पहिचान भएको छ’, संविधान गतिशील दस्ताबेज र यसको दीर्घजीवनका लागि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यक रहेको भन्दै उनले भने, ‘संविधानले व्यवस्था गरेको शासकीय स्वरूपको मूलभूत विषयमा प्रतिकुल प्रभाव नहुने गरी संविधान संशोधनमा छलफल गर्नु पर्दैछ।