उपकुलपति नियुक्तिमा प्रधानमन्त्री ‘प्रचण्ड’को नियत खराब भएको महामन्त्री थापाको आरोप - Chaitanya News
  • 2026-07-11
  • 05:06:00
  • शुक्रबार,आषाढ २६, २०८३
  • उपकुलपति नियुक्तिमा प्रधानमन्त्री ‘प्रचण्ड’को नियत खराब भएको महामन्त्री थापाको आरोप

    उपकुलपति नियुक्तिमा प्रधानमन्त्री ‘प्रचण्ड’को नियत खराब भएको महामन्त्री थापाको आरोप

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको बताएका छन्।

    सरकारले केही दिनभित्रै राजनीतिक भागबन्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिष्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको उनको टिप्पणी छ। विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठन लगायत धेरै विषयमा सुधार गर्नुपर्ने भएपनि प्रधानमन्त्रीले पुनः गल्ती दोहार्‍याएको महामन्त्री थापाले बताए।

    हाम्रो विश्वविद्यालयको अवस्था बिजोग छ। विश्वविद्यालयको नेतृत्व चयनदेखि यसको पठनपाठन लगायतका थुप्रै विषयमा सुधार गर्नुपर्नेछ। तर अहिले हतारहतार सिफारिस भएर जुन नाम आएका छन् यसबाट स्पष्ट के भयो भने पहिलेजस्तै यसलाई भागबण्डामा लगेर टुङ्ग्याउने काम हुँदैछ’, उनले भने, ‘सुधारको संकेत दिने मौका पाएको बेलामा प्रधानमन्त्रीज्युलाई सबैलाई झुक्याएँ भन्ने लागेको होला, आफैँ झुक्किरहनु भएको छ। मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुक्किनु हो।