मबाट देश हितको काम बाहेक मेलम्चीमा कुनै गल्ती भएको छैन : भीम उपाध्याय - Chaitanya News
  • 2026-07-11
  • 05:18:43
  • शुक्रबार,आषाढ २६, २०८३
  • मबाट देश हितको काम बाहेक मेलम्चीमा कुनै गल्ती भएको छैन : भीम उपाध्याय

    मबाट देश हितको काम बाहेक मेलम्चीमा कुनै गल्ती भएको छैन : भीम उपाध्याय

    काठमाडौँ– पूर्व सचिव भीम उपाध्यायले मेलम्ची खानेपानी आयोजनामा आफूले कुनै गल्ती नगरेको बताएका छन्। आज (आइतबार) उनले सामाजिक सञ्जालमा एउटा स्टाट्स लेख्दै सो कुरा बताएका हुन्। यस्तै उनले मेलम्ची खानेपानीको तत्कालीन ठेकेदार सीएमसी कम्पनीलाई गैरकानुनीरुपमा पेस्की रकम दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायसहित १८ व्यक्ति तथा फर्मविरुद्ध मुद्दा दायर गरेको छ। उपाध्यायसँग चार करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ ९२ पैसा बिगो माग दाबी लिई अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    उपाध्यायले मिटिङमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही नखाएको जिकिर गरेका छन्। उनले स्वदेश फर्कनासाथ अदालतमा आफ्नो सफाइका लागि उपस्थित हुने जानकारी दिए।

    अवकाश लिएको ६ वर्ष बिती सकेको जानकारी गराउँदै उनले लेखेका छन्, ‘बुझ्नुस् रु ८ अर्बको ठेक्कामा रु ७ अर्बको भ्रष्टाचार? त्यो पनि सबै प्रक्रिया र बैङ्क ग्यारेन्टी लिएर दिएको पेस्कीको ब्याज गणना गरेर उक्त ब्याज र सोको स्याज समेत जोडी निकालिएको हिसाब रकम हानी नोक्सानी गरेको आरोपमा त्यो पनि बोर्डको अध्यक्ष जसको कुनै कार्यकारी अधिकार हुँदैन, प्रोजेक्ट व्यवस्थापनले विज्ञहरूको सिफारिसमा ल्याएको अनुमोदन प्रस्ताव अनुमोदन गर्दा