काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताएका छन्।
पार्टीनिकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै सो अवधारणालाई अघि सारेको बताए। नेपालले गरिबीविरुद्धको लडाइँमा सफलता हासिल गरेरमात्रै समाजवादमा पुग्ने भएकाले आफ्नो पार्टीले जनतामा खुशी ल्याउने गरी मुलुकको समृद्धिको बाटो तय गरेको उनको भनाइ छ।
ओलीले समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझै घनिभूत बनाएर लैजानुपर्ने औँल्याएका छन्।
उनले भने, ‘हामी प्राथमिकता राष्ट्रिय स्वतन्त्रता हो। हाम्रो परराष्ट्र नीति र सम्बन्ध पारस्पारिक लाभ, आपसी सम्मान, सामाजिक न्यायको आधारमा हुन्छ। हामी प्रतिबद्ध छौँ, ‘समृद्ध नेपालस् सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्नका लागि। समृद्ध नेपालस् खुशी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो। गरिबी विरुद्धको लडाइँमा सफलता हासिल गर्नु नै नेपाली विकासको अवधारणा हो।