जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले माग्यो विभिन्न पदमा कर्मचारी - Chaitanya News
  • 2026-09-22
  • 19:09:13
  • मंगलबार,आश्विन ०६, २०८३
  • जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले माग्यो विभिन्न पदमा कर्मचारी

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले माग्यो विभिन्न पदमा कर्मचारी

    काठमाडौँ– जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ।

    केन्द्रले आज एक सूचना जारी गर्दै रिक्त रहेका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

    इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले केन्द्रको वेबसाइटमार्फत फाराम डाउनलोड गरेर आवश्यक विवरण गरी केन्द्रको कार्यालयमा आवेदन पेश गर्न सक्नेछन्।

    आवेदन फागुन २४ भित्र बुझाउनुपर्ने केन्द्रले जनाएको छ।