तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 12:51:12
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज नयाँ र शुभ समाचार सुन्न पाइएला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ कला र गलाको प्रभाव बढ्ने छ। वैदेशिक कार्य पनि अघि बढ्ने छ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनसक्छ। सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। शुभ कार्यको चर्चा पनि चल्ने छ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ। आर्थिक कारोबारमा सफलता पाइएला। साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन्।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    रोकिएका काम पुनः सुरु हुन सक्छन्। सामाजिक क्षेत्रमा सफलता मिल्ने छ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज आँटेको कार्यमा बाधा आउन सक्छ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुने छैन, तर धर्म–कर्म तथा समाजसेवामा मन लाग्नेछ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ। भगवानको आशीर्वादले भने काम बन्न सक्छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आकस्मिक धन लाभ हुनेछ। मिहिनेत गर्दा अधिक प्रगति हुनेछ। तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    सामान हराउने वा चोरी हुने सम्भावना छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। दैनिकी काममा चुनौतीको सामना गर्नुपर्ला।

    वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
    दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    छोटो दूरीको लाभदायक यात्रा हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ।