गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ का एक दाम्पतील लोकसेवा आयोगको परीक्षा पास गरेर एकैपटक शाखा अधिकृतमा सिफारिस भएका छन्। आयोगले गत (मंगलबार) सार्वजनिक गरेको नतिजाअनुसार सुरेन्द्र पाण्डे र श्रीमती रमिता विष्टले एकैपटक लोकसेवा पास गरेर शाखा अधिकृत पदमा सिफारिस भएका हुन्।
सुरेन्द्र लेखापरिक्षण र रमिता सामान्य प्रशासन सेवामा सिफारिस भएका छन्। २०७४ मा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका सुरेन्द्र गत वर्ष नायब सुब्बामा बढुवा भएका थिए भने रमिता २०७६ मा खरिदारबाट निजामती सेवा प्रवेश गरी गत वर्ष खुल्ला प्रतिस्पर्धाबाट नायब सुब्बामा सिफारिस भएकी थिइन्।
उनीहरुसँगै यो वर्ष गुल्मीबाट एकैपटक १३ जनाले शाखा अधिकृतमा नाम निकालेका छन्। नेपाल प्रशासन सेवा, नेपाल लेखापरिक्षण सेवा र संघीय संसद् सेवा अन्तर्गतको अधिकृत पदमा गुल्मीबाट खुलातर्फ ११ र महिलातर्फ २ जना शाखा अधिकृतमा सिफारिस भएका छन्। ७७ जिल्लामध्ये यो वर्ष गुल्मीबाट सिफारिस हुनेको संख्या सबैभन्दा धेरै हो।
आर्थिक वर्ष २०७९र८० मा पनि निजामतीमा स्थायी जागिर खानेमा गुल्मी अगाडि रहेका लोक सेवा आयोगले प्रतिवेदन सार्वजनिक गरेको थियो।