स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी छैन : स्वास्थ्यमन्त्री बस्नेत - Chaitanya News
  • 2026-05-04
  • 08:02:32
  • सोमबार,बैशाख २१, २०८३
  • स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी छैन : स्वास्थ्यमन्त्री बस्नेत

    स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी छैन : स्वास्थ्यमन्त्री बस्नेत

    काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्मचारी बिना आधारभूत स्वास्थ्य सेवा कल्पना समेत गर्न नसकिने बताएका छन्।

    आज (बुधबार) काठमाडौँस्थित परोपकार प्रसुती स्त्रीरोग अस्पतालमा सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। यस्ते उनले स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी नभएको समेत बताए।

    उनले भने, ‘बिरामीलाई आधारभूत स्वास्थ्य उपचार गर्नका लागि मात्रै यो अस्पताल स्थापित छैन। यसले मेडिकल शिक्षामा पनि जोड दिएर आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा समेत महत्वपूर्ण कामहरू गरेको छ। तर यहाँ मेडिकल शिक्षा प्रदान गर्ने जति तह र कोटा छन्। अहिलेको अवस्थामा पर्याप्त छैनन्। कर्मचारीबिना आधारभूत स्वास्थ्य सेवाको कल्पना समेत गर्न सकिँदैन।

    सात सय ५३ वटा स्थानीय तहहरुमा पालिका अस्पतालहरुको उद्घाटन गरिएको भएपनि एउटै अस्पताललले पूर्णता नपाएको मन्त्री बस्नेतको भनाइ थियो।

    उनले अघि भने, ‘सात सय ५३ वटा पालिका अस्पतालको शिलन्याश गरियो। काम एउटा अस्पतालमा पनि सकिएको छ। सकिएको भएपनि कर्मचारी अभावमा सञ्चालन गर्न सकिएको छैन।

    परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले स्वास्थ्य उपचारमा मात्र केन्द्रित नभई मेडिकल शिक्षामा समेत महत्वपूर्ण कामहरू गरिरहेको उनले उल्लेख गरे।