तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 12:59:14
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज मन भावुक र उत्ताउलो बन्नसक्छ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आश मारेको काम बन्नसक्छ। अचल सम्पत्ति हात पर्ने योग छ। आँटेको र ताकेको कार्य पुरा हुनेछ। शुभ र नयाँ कार्यको चर्चा चल्ने छ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    साथीभाइबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ। आर्थिक पक्ष र शेयर बजारबाट लाभ नहुने देखिन्छ। पढाइलेखाइमा पनि समय दिन सकिँदैन।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    धार्मिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ। मिलनसार साथीको सहयोगले कार्य सिद्ध हुनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी नबेहोर्नु पर्ला। घरायसी समस्या बढ्ने छ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    शुभ समाचार सुन्न पाइएला। परिवारजनको साथले नयाँ आशा जगाउने छ। नयाँ सवारी साधन प्राप्तिको योग छ। अरुको मन जित्न सकिने छ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    कुनै समाचारले मनमा खुशीयाली छाउला। धार्मिक कार्य सफल रहने छन्। न्यायिक कार्यमा सफलता मिल्ने छ। दैनिक कार्यमा प्रगति हुनेछ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज स्थान परिवर्तनका विशेष योग देखिन्छन्। रोकिएको धन हात पर्न सक्छ। मनोरञ्जनमा सहभागी भइएला। साँझमा पैसा खर्च हुने योग छ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ। रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। राजनैतिक कार्यमा सफलता मिल्ने छ। साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ। सन्तान सुख पनि मिल्ने छ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    आज नयाँ कार्यको योजना बन्ने छ। बोलीको प्रभाव बढ्ने छ। स्वादिष्ट भोजन पाइनेछ। वैदेशिक कार्य र वित्तीय संस्थाबाट सफलता मिल्ने छ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    रमाइलो यात्राको योग रहेको छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। मित्रबाट विशेष सहयोग मिल्ने छ। नयाँ र शुभकार्यको चर्चा पनि चल्ने छ।