यस्तो छ व्यवसायी दुर्गा प्रसाईंको अभियानको वार्षिकोत्सव (तस्बिरहरु) - Chaitanya News
  • 2026-11-18
  • 13:05:18
  • बुधबार,मंसिर ०३, २०८३
  • यस्तो छ व्यवसायी दुर्गा प्रसाईंको अभियानको वार्षिकोत्सव (तस्बिरहरु)

    यस्तो छ व्यवसायी दुर्गा प्रसाईंको अभियानको वार्षिकोत्सव (तस्बिरहरु)

    काठमाडौँ– व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले शक्ति प्रदर्शन गरेको छ । आज (मंगलबार) काठमाडौँको टुँडिखेलमा कार्यक्रम गर्ने तयारी गरे पनि उक्त स्थान खाली नभएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुमति लिएर भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गरेको हो।

    अभियानको वार्षिक उत्सव कार्यक्रममा उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि सहभागी गराउने दाबी गरेका थिए। तर, शाह भने यति बेला चितवनमा रहेका छन्। उनी कार्यक्रममा सहभागी हुने छैनन् ।

    कार्यक्रममा काठमाडौँका विभिन्न सात स्थानबाट र्‍याली गर्दै सभा स्थलमा भेला गरिएको छ । प्रसाईंले व्यवस्था परिवर्तन गर्ने भन्दै यसअघि पहिलोपटक गत मङ्सिर ७ गते काठमाडौँको बल्खुमा कार्यक्रम गरेका थिए।