आज विश्व रेडियो दिवस मनाइदैँ - Chaitanya News
  • 2026-05-25
  • 09:25:56
  • सोमबार,जेठ ११, २०८३
  • काठमाडौँ– आज फेब्रवरी १३ अर्थात् विश्व रेडियो दिवस मनाइदैँछ। ‘रेडियो र विश्वास’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइदैँछ। नेपालमा पनि रेडियोकर्मी र सम्बद्ध संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्।

    नेपालमा खास गरी १० वर्षे सशस्त्र द्वन्दका बेला नेपालका रेडियोहरूले पुर्‍याएको योगदान र शान्ति प्रक्रियामा रेडियोले गरेको योगदान इतिहासमा सुवर्ण अक्षरले लेखिएको छ। देशका कुना कन्दरासम्म पुगेको रेडियो प्रसारण अहिले पनि उत्तिकै लोकप्रिय छ।

    आज सामुदायिक रेडियोहरूको छाता संगठन, सामुदायिक रेडियो प्रसारक संघले विभिन्न कार्यक्रम गरी रेडियो दिवस मनाउन लागेको छ। दिवसका अवसरमा अर्थमन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गरिएको सामुदायिक सूचना नेटवर्क (सीआइएन)का सम्पादक लक्ष्मण कार्कीले जानकारी दिए।

    नेपालमा भने वि।सं। २००२ सालमा काठमाडौंमा रेडियोको प्रसारण सुरु गरेको थियो भने रेडियो नेपालको औपचारिक प्रसारण भने २००७ साल मंसिर २८ गतेदेखि भएको थियो।

    एफएम रेडियोको प्रसारण भने २०५२ सालपछि सुरु भएको हो। विश्वमा भने व्यावसायिक रेडियो प्रसारण सुरु भएको करिब एक शताब्दी नै बितिसकेको छ। स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुवरी १३ तारिखलाई रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको थियो।