फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय - Chaitanya News
  • 2026-11-18
  • 13:25:59
  • बुधबार,मंसिर ०३, २०८३
  • फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

    फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

    काठमाडौँ– गृह मन्त्रालयले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ।

    आज (सोमबार) एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो।

    २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको ब्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरो छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ।

    यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख थियो। तर सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो।