शीर्ष नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउन सांसद बिष्टको प्रस्ताव - Chaitanya News
  • 2026-07-11
  • 08:09:28
  • शनिबार,आषाढ २७, २०८३
  • शीर्ष नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउन सांसद बिष्टको प्रस्ताव

    शीर्ष नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउन सांसद बिष्टको प्रस्ताव

    काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर बिष्टले शीर्ष नेताहरू, प्रशासक र न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्नका लागि उच्च स्तरीय न्यायिक आयोग बनाउने प्रस्ताव गरेका छन्।

    आज (सोमबार) राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर उनले भने, ‘एउटा शक्तिशाली आयोग बनाऔँ। चाहे पूर्वप्रशासनिक कर्मचारी हुन, चाहे मन्त्री हुन्। न्यायाधीश किन नहुन्। शीर्ष नेता किन नहुन्। उनीहरूको सम्पत्तिका सम्बन्धमा निष्पक्ष छानबिन गर्न दिऔँ र भ्रष्टाचारको सम्पत्ति राष्ट्रियकरण गरौँ।’

    न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायहरूले प्रभावकारी काम गर्न नसकेको जनताले अनुभूत गरिरहेको उनको भनाइ छ।

    ‘अख्तियार निष्पक्ष छैन। कुनै दलको कार्यकर्ताको लेवल लगाएर पठाएका छौँ,’ सांसद बिस्टले भने, ‘आम जनताको पक्षमा न्यायालय छ कि छैन? अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ कि छै? राष्ट्रिय अनुसन्धान विभाग पनि छ। यो विभाग रिर्पोट मात्रै गर्ने हो एक्सन लिने स्थितिमा किन छैन?

    यसकारण पनि छुट्टै शक्तिशाली न्यायिक निकाय बनाएर सम्पत्ति छानबिन गरिनुपर्ने उनको भनाइ छ। यसका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्ने उनको आग्रह छ।