आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची - Chaitanya News
  • 2026-07-11
  • 08:08:35
  • शनिबार,आषाढ २७, २०८३
  • आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ– आज संसद भवन नयाँ बानेशवरमा राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ।

    बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९–८० पेस, सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ।