राष्ट्रिय सुरक्षा नीति चाँडोभन्दा चाँडो बनाऔँ - Chaitanya News
  • 2026-07-11
  • 08:08:51
  • शनिबार,आषाढ २७, २०८३
  • राष्ट्रिय सुरक्षा नीति चाँडोभन्दा चाँडो बनाऔँ

    राष्ट्रिय सुरक्षा नीति चाँडोभन्दा चाँडो बनाऔँ

    काठमाडौँ– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गणतन्त्र स्थापनापछि आजसम्म राष्ट्रिय सुरक्षा नीति नबनेको भन्दै चाँडोभन्दा चाँडो राष्ट्रिय सुरक्षा नीति बनाउनुपर्ने बताएका छन्।

    आज (आइतबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले सीमा व्यवस्थापन तथा सञ्चालन सम्बन्धी ऐन पनि बताउनुपर्ने समेत बताए। उनले देशको व्यवस्था फेरिए पनि सरकारको काम गर्ने संयन्त्रहरू नफेरिएको भन्दै यसले काम गर्न गाह्रो भएको जिकिर गरे।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि राष्ट्रिय सुरक्षा नीति नै छैन हाम्रो अहिलेसम्म। सबै चिजहरूलाई यसले प्रभावित गरिराखेको हुन्छ। राष्ट्रिय सुरक्षा नीति हाम्रो बनाउनुपर्‍यो। सीमा व्यवस्थापन र सञ्चालन गर्ने पनि ऐन छैन हाम्रो। यो अर्को ठूलो समस्या हो। समस्या भइरहेको छ । सीमा व्यवस्थापन तथा सञ्चालन ऐन चाँडोभन्दा चाँडो ल्याउनुपर्‍यो।’ उनले भने।

    उनले सबै ऐनहरूलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। सबै जनशक्तिको पनि आधुनिकीकरण गर्नुपर्ने उनको भनाई छ।