काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँगको सीमानामा कडाई गर्नुपर्ने बताएका छन्।
आज (आइतवार) सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले नेपाल जो आएर बसेपनि हुने देश बनेको समेत बताए।
उनले नेपालमा जो आएर जे गरेपनि हुने हो? भन्दै प्रश्न गरे। उनले नेपालमा रोहिंग्या शरणार्थीको संख्या तीन हजार नाघिसकेको भन्दै यसको कारण भारतसँगको खुला सीमाना भएको जिकिर गरे।
उनले भने, ‘हामीले भारतसँगको बोर्डरलाई दुई स्वतन्त्र देश हुन् भनेर व्यवस्थित बनाउन जरुरी छ। त्यसमा टाइट गर्नैपर्छ। आउने जानेको तथ्यांक राख्नुपर्छ। विमानस्थलसहित भुगोलको बोर्डर पनि कडाइ हुनुपर्छ। तीन चार हजार रोहिंग्याहरुको तथ्यांक नाघिसकेको छ।