४५९ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरियो - Chaitanya News
  • 2026-11-18
  • 13:25:55
  • बुधबार,मंसिर ०३, २०८३
  • ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरियो

    ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरियो

    काठमाडौँ– सन् २०२३ मा ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ।

    आज (आइतबार) बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यागमन विभागले सन् २०२३ मा ४५९ विदेशी नागरिकलाई विभिन्न कारणले नेपालबाट निष्कासन गरिएको जानकारी दिएको हो।

    विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०१७ मा ५५९,२०१८ मा ६७८,२०१९ मा ६७१,२०२० मा ३३२,२०२१ ३०८ र २०२२ मा ५७० जना विदेशी नागरिकलाई विभिन्न कारणले नेपालबाट निष्कासन गरिएको बताए।

    यस्तै उनले गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मूलका विदेशीहरुको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकाले समस्या आएको बताए।

    विभागका अनुसार १७ बुँदे निर्देशनको कारण सन् २०२३ मा ६ हजार १३२ जना नेपाली नागरिक विमानस्थलबाट फर्काइएका छन्।