जनार्दन शर्माले भने: पार्टी बन्ने आत्मविश्वास बढ्यो - Chaitanya News
  • 2026-07-11
  • 08:09:13
  • शनिबार,आषाढ २७, २०८३
  • जनार्दन शर्माले भने: पार्टी बन्ने आत्मविश्वास बढ्यो

    जनार्दन शर्माले भने: पार्टी बन्ने आत्मविश्वास बढ्यो

    काठमाडौँ– बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले माओवादी विशेष रूपान्तरण अभियानबाट पार्टी बन्ने आत्मविश्वास बढेको बताएका छन्।

    आज (आइतबार) राष्ट्रियसभा गृहमा माओवादीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले अभियानमा ६८ प्रतिशत पार्टी क्रियाशील भएको समेत बताए।

    यस्तै बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री पौडेलले पार्टीलाई चलायमान बनाउन अभियान जारी राख्नुपर्ने बताएका छन्। प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धारणा राख्ने कार्यक्रम रहेको छ।