काठमाडौँ– नेकपा माओवादी केन्द्रका ५० जना नेताको घटुवा गरिएको छ। आज (आइतबा) बसेको पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीका ५० जना नेताको घटुवा गरिएको जानकारी गराइएको हो।
पार्टीको कोशी प्रदेशमा रूपान्तरण अभियानमा नगएका ५० जनालाई घटुवा गरिएको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए। यस्तै उनले ७५ हजार पार्टी सदस्य नवीकरण भएको पनि बताए।
कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेवले कोशी प्रदेश नामकरणले संगठनमा तरंग ल्याएको बताए।
आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा कोशी प्रदेशको तर्फबाट रिपोर्टिङ गर्दै उनले कोशी नामकरणले पार्टी संगठनमा समस्या निम्तिएको ब्रिफिङ गरेका हुन्।