माओवादी केन्द्रीको जारी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूले थाले रिपोर्टिङ - Chaitanya News
  • 2026-07-11
  • 08:08:51
  • शनिबार,आषाढ २७, २०८३
  • माओवादी केन्द्रीको जारी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूले थाले रिपोर्टिङ

    माओवादी केन्द्रीको जारी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूले थाले रिपोर्टिङ

    काठमाडौँ– नेकपा(माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गर्न सुरु गरेका छन्। बैठकको सुरुमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले चार महिने अभियानको समीक्षात्मक रिपोर्टिङ गरेका छन्।

    बैठकमा पुनले अभियानका क्रममा काठमाडौँ उपत्यकामा भएका समग्र कार्यक्रम र त्यसपछिको सांगठनिक अवस्थाबारे जानकारी गराएका एक नेताले बताएका छन्।

    उनले उपत्यकामा माओवादीको सांगठनिक अवस्था निकै कमजोर रहेकाले अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन्।

    चार महिना अभियानको क्रममा उनले बागमती प्रदेशअन्तर्गत भूगोलमा काम गरेका थिए। सातै प्रदेशका इन्चार्जहरूले रिपोर्टिङ सकिएपछि अन्त्यमा प्रधानमन्त्री तथा प्रधानमन्त्री प्रचण्डले आफ्नो भनाइ राख्ने कार्यसूची रहेको ती नेताले जानकारी दिए। सोमबारसम्म चल्ने बैठकमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा कार्य विभाजन गर्ने अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डको तयारी छ।