कर्मचारी र नेता भएपछि जसरी पनि अकुत सम्पत्ति कमाउनुपर्छ भन्ने शिक्षाले देश ध्वस्त पार्‍यो : सांसद चित्रबहादुर केसी - Chaitanya News
  • 2026-07-11
  • 08:08:49
  • शनिबार,आषाढ २७, २०८३
  • कर्मचारी र नेता भएपछि जसरी पनि अकुत सम्पत्ति कमाउनुपर्छ भन्ने शिक्षाले देश ध्वस्त पार्‍यो : सांसद चित्रबहादुर केसी

    कर्मचारी र नेता भएपछि जसरी पनि अकुत सम्पत्ति कमाउनुपर्छ भन्ने शिक्षाले देश ध्वस्त पार्‍यो : सांसद चित्रबहादुर केसी

    काठमाडौँ– सांसद चित्रबहादुर केसीले कर्मचारी  र नेता भएपछि जसरी पनि अकुत सम्पत्ति कमाउनुपर्छ भन्ने ‘शिक्षा’ले नेपाल ध्वस्त भएको बताएका छन्।

    आज (आइतबार) प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले नेता र कर्मचारीमा कमाउनुपर्छ भन्ने मानसिकता हाबी हुँदा देश ध्वस्त भएको बताए। कुनै पनि देश ध्वस्त पार्नुपरे शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाइदिँदा पर्याप्त हुने भन्दै सांसद केसीले आक्रोश पोखेका छन्।

    कुनै देशलाई ध्वस्त पार्नु छ भने शिक्षा ध्वस्त पारिदिनुपर्छ। हाम्रोमा कर्मचारी भएपछि जसरी पनि कमाउनुपर्छ, नेता भएपछि जसरी पनि कमाउनुपर्छ भन्ने शिक्षाले ध्वस्त पारिरहेको छ,” उनले भने।

    उनले कुनै एक कर्मचारीलाई कारबाही गरेर देशको हित नहुने भन्दै नेतृत्वको मानसिकता बदलिनुपर्ने र कानुनी सुधार गरिनुपर्ने धारणा राखे।